स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र

सारांश

  • समाचारको बिषयलाई लिएर केही महिना अघि धडकन एफएमका संचालकलाई धम्की दिने पूर्व मन्त्रीका स्वकीय सचिवले गल्ति भएको स्वीकार्य गरेपछि दुबैजना बीच आपसी समझदारी भएको छ ।
  • नेपाली काँग्रेसका सर्लाही सभापती सुरेन्द्र प्रसाद सिंह विरुद्ध भ्रष्टाचारको मुद्दामा दोषी ठहर भनी शिर्षक सामाचारको विषय लिएर फाल्गुन १६ गते गोडैता बजारबाट प्रशारण हुदै आएको रेडियो धड्कन र धड्कन एफएम डटकम अनलाईन पोर्टलबाट समाचार सम्प्रेशन भएका थिए ।
  • सोही समाचारको विषयलाई लिएर संचालक शिव कुमार महतोलाई तत्कालिन मधेश प्रदेश सरकारमा स्वास्थ मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले फोन गरेर अपशब्दहरु प्रयोग गर्दैै अंगभंग गरिदिने धम्कि दिएको थियो ।

सर्लाही, १२ जेठ । समाचारको बिषयलाई लिएर केही महिना अघि धडकन एफएमका संचालकलाई धम्की दिने पूर्व मन्त्रीका स्वकीय सचिवले गल्ति भएको स्वीकार्य गरेपछि दुबैजना बीच आपसी समझदारी भएको छ ।

नेपाली काँग्रेसका सर्लाही सभापती सुरेन्द्र प्रसाद सिंह विरुद्ध भ्रष्टाचारको मुद्दामा दोषी ठहर भनी शिर्षक सामाचारको विषय लिएर फाल्गुन १६ गते गोडैता बजारबाट प्रशारण हुदै आएको रेडियो धड्कन र धड्कन एफएम डटकम अनलाईन पोर्टलबाट समाचार सम्प्रेशन भएका थिए ।

सोही समाचारको विषयलाई लिएर संचालक शिव कुमार महतोलाई तत्कालिन मधेश प्रदेश सरकारमा स्वास्थ मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले फोन गरेर अपशब्दहरु प्रयोग गर्दैै अंगभंग गरिदिने धम्कि दिएको थियो ।

त्यस घटना पछि स्वकीय सचिव त्रिपाठीको चौतर्फी आलोचना भएका थिए एवं पीडित पक्ष जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लिखित रुपमा उजुरी दिएका थिए । लगभग तिन महिना पछि हिजो जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तत्कालिन सचिव त्रिपाठीले संचालक महतो संग गल्ती भएकोमा आत्मआलोचना गर्दै अब उपरान्त यस्तो कार्य नहुने प्रतिबद्धता जनाएपछि दुबै जनाबीच समझदारी भएको बताइएको छ ।

आज जिल्ला प्रहरी कार्यलय सर्लाहीमा संचारकर्मीहरुको उपस्थिति सहित भएको छलफलमा स्वकिय सचिव त्रिपाठीले आफुले गल्ती गरे र आफनो आत्मालोचना गर्दै आगामी दिनहरूमा यस्ता गल्ती नहुने विश्वास दिलाउदै पश्चताप गरेपछी मिलापत्र भएको बुझिएको छ ।

छलफलमा बोल्दै निकेश त्रिपाठीले आगामी दिनहरुमा पहिला भन्दा अझ प्रगाढ सम्बन्ध बनाएर अघि बढने बताएका थिए । र अगामी दिनहरूमा यस्ता गल्ती नदोहोर्‍याउनेमा सबैलाई ठुक्क रहन आग्रह समेत गरे ।

स्वकीय सचिव त्रिपाठीले आफुले गरेको गल्तीको पश्चाताप गरेको र घटना पश्चताप फोन गरी सभ्य तरिकाले कुराकानी गर्दै मिलापत्रका लागि आग्रह गरेपछी मिलापत्र गरेको धडकन एफएमका सचालक शिवकुमार महतोले बताए ।

गल्ती गरेका व्यक्तिलाई सुध्रन एक मौका दिनुपर्छ भनी मान्यता सहित मिलापत्रका लागि राजी भएको उहाँको भनाई छ ।

हिजो शुक्रवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीका अध्यक्ष श्रवण थापा लगायत जिल्लामा क्रीयाशिल संचारकर्मीहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यलय सर्लाहीमा सहमती भएको थियो ।

स्वकीय सचिवलाई कार्वाहीका लागि प्रहरी समेत आज भोलि भन्दै पन्छिदै आएको रेडियो धडकनका  संचारकर्मी राजेन्द्र विश्वकर्माले बताए । उहाँले भने । धम्की दिएको नम्बर पता लगाउदै छौं, फोन नै उठदैन, आज हाजिर गराउछु त भोलि गराउदै छु भनी आलटाल गर्दै आएको थियो ।

मन्त्रीको स्वकीय सचिव भएका कारण प्रहरीले समेत कार्वाहीका लागि सक्रियता नदेखाउदा प्रेस सेन्टर लगायत केही संगठनहरुको चौतर्फी विरोध पछि प्रहरीले  स्वकीय सचिवलाई हाजिर हुन अथवा मुद्दा  दर्ता गरदिने चेतावनी दिन थालेको थियो।

यता आएर कडा रुपमा प्रहरीले समेत स्वकीय सचिवलाई जिल्ला प्रहरी कार्यलयमा उपस्थित हुन ताकेता गर्दै आएको र उपस्थित नभए मुद्दा  दर्ता गरदिने चेतावनी दिदै आएको स्रोतको भनाई छ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीले यस्तो घटना उहाँबाट फेरि दोहरिए कडा कार्वाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’
ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ह*त्या
बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ह*त्या
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई