३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार

सारांश

  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३७ अर्ब हाराहारीको बजेट आज  सार्वजनिक गर्दैछ ।
  • बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि आइतबार दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ ।
  • प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् ।

१ असार, विराटनगर

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३७ अर्ब हाराहारीको बजेट आज  सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि आइतबार दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् । चालु आर्थिक वर्षका लागि उनले नै ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएका थिए । आगमी बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौं,’उनले भनेका थिए,‘वास्तविक स्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ ।’ प्रदेश सरकारले बजेटमार्फत प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख छुट्याउने तयारी गरेको छ । सामानुपातिक सांसदलाई १ करोड ५० लाखका दरले बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बतायो । सांसदका योजनाहरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट छुट्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?