सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक  ‘सञ्जाल’ तयार पार्दै

सारांश

  •   सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ ।
  • त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ ।
  • समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ ।

१७ जेठ, काठमाडौं । 

सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ । समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ । त्यसका लागि जेठ मसान्तसम्म सबै बाहिनी मुख्यालयले जिम्मेवारी रहेका क्षेत्रमा पर्ने सबै वडामा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नेछ ।

ती समूहबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन तथा उद्धारमा सहजता हुने सशस्त्र प्रहरीको विश्वास छ । विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण र विपद् ‘सिमुलेशन’ अभ्यासमा सहभागी गराउने योजना रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन् । यसैबिच सशस्त्र प्रहरीले समुदायमा विपद् उद्धारक पनि तयार गर्दैछ । केही दिनअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसवर्ष सातवटै प्रदेशमा करिब एक हजार ‘समुदाय विपद् उद्धारक’ तयार गर्ने योजना सार्वजनिक गरेका  थिए । सोहीअनुसार सशस्त्र प्रहरी मुख्यालयले मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम सुरुवात गरिसकेको छ । समुदाय विपद् उद्धारकलाई १८ दिनको विपद् पूर्वतयारी र प्रतिकार्यसम्बन्धी तालिम दिइनेछ ।

प्रदेशस्थित सशस्त्र प्रहरी मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले चालु आर्थिक वर्षमा १८ वटा तालिम सञ्चालन गर्ने सहप्रवक्ता थापाले बताए । आगामी आवमा थप एक सय ४७ वटा तालिम सञ्चालन गरिने र यस प्रकारका तालिमले समुदायस्तरमा विपदबाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहजता हुने उनको विश्वास छ । सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण तनहुँले समुदाय विपद् स्वयंसेवक तालिमको थालनी गरिसकेको छ । स्थानीय सरकार तथा सरोकार भएकाहरूसँगको समन्वयमा ५८ जनाले तालिम लिइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
यात्रुको चिन्ता : कति दिनमा घर पुगिन्छ‚ ठेगान छैन
यात्रुको चिन्ता : कति दिनमा घर पुगिन्छ‚ ठेगान छैन
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन
धनगढीमा करेन्ट लागेर आमाको मृ*त्यु, छोरा घाइते
धनगढीमा करेन्ट लागेर आमाको मृ*त्यु, छोरा घाइते
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग