मलंगवामा साप्तहिक सरसफाई अभियानको सुरुवात।

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
मलंगवामा साप्तहिक सरसफाई अभियानको सुरुवात।

सारांश

  • धिरोज यादव सर्लाही जिल्लाको मलंगवा न.
  • पा.
  • वडा नं ८ मा अवस्थित मोहर सिंह धर्मशाला परिसर भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

 

सर्लाही। धिरोज यादव

सर्लाही जिल्लाको मलंगवा न.पा. वडा नं ८ मा अवस्थित मोहर सिंह धर्मशाला परिसर भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ। धर्मशाला परिसर भित्र अत्याधिक फोहर भएकोले सरसफाई अभियान शुरू गरिएकाे छ।

साझा सम्पत्ति लाई संरक्षण गर्ने उद्देश्यले सरकारी कर्मचारी, नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना र स्थानीय द्वारा साप्ताहिक सरसफाई अभियान शुरू गरिएकाे छ।

सर्लाहीको मलंगवामा केही सार्वजनिक स्थल फोहोर र दुर्गन्धित रहेको र अब मलंगवा लाई सफा सुन्दर बनाउने उद्देश्यले सरसफाई अभियानको प्रारम्भ गरेका हुन् । यो अभियानमा प्रहरी र अन्य स्थानीयवासीको समेत सहयोग रहेको छ ।

यो अभियान अन्तर्गत अब हरेक शनिबार पालिकाभित्रका स्थानीय हाटबजार, सडक र सार्वजनिक स्थल सरसफाई गर्ने नापी कार्यालयका प्रमुख संजय मनान्धरले आफूसँग योजना रहेको जानकारी दिनुभयो। जिल्लाको दक्षिणी भेगमा यस्ता किसिमका सरसफाई कार्यक्रम बिरलै हुने गरेका छन् ।

https://press4k.com/

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?