धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
१२ पटक हेरिएको
Shares
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

सारांश

  • सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • उनले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्नसकिने देख्न रहर भएको बतँए ।

६ असोज, काठमाडौं ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्नसकिने देख्न रहर भएको बतँए । ‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुनेगरी केही पक्कै गर्छौं । यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं,’ खरेलले भने ।

कर्मचारीतन्त्र स्वतन्त्र भएको खण्डमा धेरै काम गर्न सकिने उनको भनाइ थियो । ‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने । एउटा मन्त्री मात्रै भएर काम गर्न नसकिने भन्दै उनले कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बतँए । ‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । मलाई विश्वास छ होइन, विश्वास गर्न चाहन्छु । म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिबद्धता हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण
भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध