कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

सारांश

  • क्यानडाको ब्रिटिश कोलम्बिया सरे शहरस्थित भारतीय कमेडियन कपिल शर्माको क्याफेमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्।
  • तीन दिनअघि मात्रै कपिलले उद्घाटन गरेको उक्त‘कप्स क्याफे’ मा ९ राउन्ड गोली प्रहार गरिएको हो ।
  • क्याफे कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले सञ्चालनमा ल्याएका हुन्।

२७ असार, क्यानडा

क्यानडाको ब्रिटिश कोलम्बिया सरे शहरस्थित भारतीय कमेडियन कपिल शर्माको क्याफेमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्। तीन दिनअघि मात्रै कपिलले उद्घाटन गरेको उक्त‘कप्स क्याफे’ मा ९ राउन्ड गोली प्रहार गरिएको हो । क्याफे कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले सञ्चालनमा ल्याएका हुन्।

आक्रमणको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा एक व्यक्ति कारभित्रै बसेर क्याफेतर्फ गोली चलाइरहेका छन् । अहिलेसम्म घटनामा कोही घाइते भएको खबर छैन। भारतीय समाचार रिपोर्टहरू अनुसार, खालिस्तानी चरमपन्थी हरजीत सिंह लाडीले यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ। हरजीत सिंह भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) को मोस्ट वान्टेड सूचीमा सूचीकृत छन् । यस घटनाले भारत र क्यानडाबीच बढ्दो खालिस्तानी गतिविधिलाई लिएर फेरि तनाव बढ्ने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?