सर्लाहीमा किराना पसलबाट १० लाख चोरि गर्ने दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
२ पटक हेरिएको
Shares
सर्लाहीमा किराना पसलबाट १० लाख चोरि गर्ने दुई जना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मिर्चैया जाने बाटोमा रहेको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको हो।
  • पसल सञ्चालक उमाशंकर साहका अनुसार अज्ञात व्यक्तिहरूले पसलको पछाडिको भेन्टिलेसनको रड बङ्ग्याएर भित्र प्रवेश गरी क्यास काउन्टरमा रहेको १० लाख रुपैयाँ नगद र करिब ३ हजार ६ सय रुपैयाँ पर्ने तीन बण्डल चुरोट चोरी गरेका थिए।
  • चोरीपछि फरार भएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको थियो।

सर्लाही —

लालबन्दीमा किराना पसलको भेन्टिलेसन फुटाएर नगद तथा चुरोट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मिर्चैया जाने बाटोमा रहेको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको हो। पसल सञ्चालक उमाशंकर साहका अनुसार अज्ञात व्यक्तिहरूले पसलको पछाडिको भेन्टिलेसनको रड बङ्ग्याएर भित्र प्रवेश गरी क्यास काउन्टरमा रहेको १० लाख रुपैयाँ नगद र करिब ३ हजार ६ सय रुपैयाँ पर्ने तीन बण्डल चुरोट चोरी गरेका थिए।

चोरीपछि फरार भएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले लालबन्दी नगरपालिका–१४ का ३७ वर्षीय हिरालाल ब्लोनलाई पक्राउ गरेको जनाएको छ। काठमाडौं महानगरपालिका–२३ स्थित स्थानबाट पक्राउ परेका ब्लोनको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न किसिमका घरेलु हातहतियार तथा घटनामा प्रयोग गरिएको टी–सर्ट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ब्लोनसँग सोधपुछ गर्दा चोरीमा सर्लाहीकै लालबन्दी नगरपालिका–१४ लखनदेही टोलका ४४ वर्षीय चन्द्र वाइबा समेत संलग्न रहेको खुलेको थियो। वाइबालाई खोजतलास गर्ने क्रममा असोज २० गते लालबन्दी नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
बाढी प्रभावित इलामका युवा आक्रोशित: मेयरलाई नै राहत वितरण
बाढी प्रभावित इलामका युवा आक्रोशित: मेयरलाई नै राहत वितरण