राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने

सारांश

  • राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ।
  • राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका छ।
  •  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए।

२४ पुस, काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए। राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए। राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।

यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिठका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ। पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो। पदावधि सकिन लागेका २० मध्ये राष्ट्रपतिबाट मनोनित हुने एउटा सिट बाहेक अन्य १९ सिटका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि सात प्रदेशमा १–१ मतदानस्थल र २–२ वटा मतदान केन्द्र कायम गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा  तीनजना पक्राउ
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा तीनजना पक्राउ
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी