गृहमन्त्रालयका तीन सहसचिवको सरुवा
सारांश
- नेपाल सरकारका तीन सहसचिवको सरुवा भएको छ।
- गृहमन्त्रालयले आज बिहीबार राजपत्रांकित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा गरेको हो।
- जसअनुसार सहसचिव भरतमणि पाण्डे जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्।

५ असार, काठमाडौं ।
नेपाल सरकारका तीन सहसचिवको सरुवा भएको छ। गृहमन्त्रालयले आज बिहीबार राजपत्रांकित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा गरेको हो। जसअनुसार सहसचिव भरतमणि पाण्डे जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्।

त्यस्तै जिल्ला प्रशासन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल अर्घाखाँची सरुवा भएका छन्। अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेल गृहमन्त्रालयमा सरुवा भएका छन्।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया