नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
१३ पटक हेरिएको
Shares
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
  • सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए ।
  • ‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।

११ असोज, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए । ‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।’

उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे । ‘तीनै तहका सरकारहरुबीच, निजी क्षेत्रहरुबीच र विभिन्न मन्त्रालय तथा निकायहरुबीच समन्वय गरेर मन्त्रालयले पर्यटनको क्षेत्रमा ध्यान दिनेछ,’ सचिव मैनालीले भने । उनले स्थानीय, प्रदेश र संघीय सरकारहरूले विभिन्न माध्यमबाट पर्यटकीय गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गरे । ‘हामीसँग नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अन्य निकायहरू छन् । तिनीहरूसँग समन्वय गर्दै आएका छौं,’ उनले थपे । सचिव मैनालीले निजी क्षेत्रसँगको निरन्तर संवाद र सहकार्य पर्यटन प्रवद्र्धनको प्रमुख आधार भएको भन्दै मन्त्रालय सधैं सकारात्मक वातावरणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । उनले नीतिगत संवाददेखि अन्य सबै कुरामा निजी क्षेत्रको साथ र समर्थनलाई आफूले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरे । उनले भने, ‘अन्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटनसँग सम्बिन्धीत रहेका निकायहरुसँग हामीले समन्वय गरिरहेका छौं । निजी क्षेत्रहरुसँग पनि हामी पर्यटन क्षेत्रको विकासका लागि हामी छलफल गरिरहेकै छौं । निजी क्षेत्रले सार्पोटिभ वातावरणमा मन्त्रालयसँग नीतिगत सम्वाद लगायत हरेक कुराको मैले उच्च रुपमा मूल्यांकन गरेको छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै