रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
रवि लामिछानेलाई अदालतमा उपस्थित  गराइयो

सारांश

  • अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो ।
  • लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।
  • सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पुर्‍याइएको थियो ।

४ कार्तिक , काडमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो ।

लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पुर्‍याइएको थियो । शनिबार अदालत बन्द भएपछि आज आइतबार अदालतमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

उनलाई अदालतमा उपस्थित गराइनुभएपछि भिडभाड र नाराबाजीका गतिविधि हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ (कं) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

तर यता रास्वपा नेता तथा शुभचिन्तकहरूले भने प्रशासन कार्यालय कास्कीले पोखराको निर्णय प्रति आपत्ति जनाएका छन् ।यता रास्वपा नेता शिशिर खनालले लामिछानेलाई प्रहरीले भिडबाट छलेर घुमाउँरो बाटो मार्फत अदालत लगेको दाबी गरे । उनले सरकार राजनीतिक स्वार्थ र प्रतिशोधले ग्रसित भएर उपस्थित भिडबाट डराएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृ*त्यु
अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृ*त्यु
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका