बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

सारांश

  •   नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज (शुक्रबार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।
  •  पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ, काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरि उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी रहेका छन् ।
  • नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए ।

२७ असार, काठमाडौं । 

नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज (शुक्रबार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ, काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरि उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी रहेका छन् ।

नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए । नेविसंघले पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?