६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

सारांश

  • ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।
  • सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।
  • अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

१८ कात्तिक, काठमाडौँ ।

६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ । विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्य समेत गर्दा हुन आउने कुल रकम १,४५,५४,०३,९४८ रुपैयाँ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला १,१२,५०० रुपैयाँका दरले हुने कुल मूल्य ५८,५६,०९,५६८ रुपैयाँ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं. ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम ३,५२,००,००० रुपैयाँ समेत गरी हुने कुल रकम २,०७,६२,१३,५१६ रुपैयाँ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आयो छ ।‘

साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो । पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिइएको र ३०२ किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो । यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता