नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
१७ पटक हेरिएको
Shares
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो

सारांश

  • अघिल्लो दिन १५.
  • ०८ अंकले घटेको नेप्से परिसूचक आज ८.
  • १४ अंकले घटेर २६२३.

१७ वैशाख,काठमाडौं :

सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो दिन १५.०८ अंकले घटेको नेप्से परिसूचक आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ४४२.०० विन्दुमा पुगेको छ। नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ३१४ स्क्रिप्सको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ९ अर्ब ३७ करोड  ४१ लाख २२ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ७ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से घटेपनि तीन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  समाज लघुवित्त वित्तीय संस्था,नेपाल माइक्रो फाइनान्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।यसदिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको  ५८ करोड मूल्य बढीको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपकव ५२ करोडको सेयर कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ५० करोड,अरुण भ्याली हाइड्रोपावरको ४२ करोड र हिमालयन पावरको ३५ करोड बढीको सेयर कारोबार भयो।  चार समूहबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर,मनु एण्ड प्रो,म्यु्चुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य उपसूचक घटेका हुन्। कारोबारमा आएकामध्ये १०७ स्टक्सको मूल्य बढ्दा १३६ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई स्वागत
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
जडीबुटी उत्पादन कम्पनीमा आगजनी, सुरक्षाकर्मी पुग्न सकेनन्
स्लो ओभर रेटको लागि प्याट कमिन्स र रजत पाटीदारलाई जरिवाना
स्लो ओभर रेटको लागि प्याट कमिन्स र रजत पाटीदारलाई जरिवाना
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध