Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माओवादी केन्द्रको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
४७ पटक हेरिएको
Shares
माओवादी केन्द्रको बैठक बस्दै

सारांश

  • नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
  • केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
  • बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् ।

 

१२ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा रिर्पोटिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेण्डा छ । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेण्डा छ । तेस्रो एजेण्डामा विधान संशोधन प्रतिवेदन पेश गर्ने विषय रहेको छ। ‘निर्वाचन आयोगको ढाँचा अनुसार पार्टीको विधान मिलाउनुपर्ने छ । यससम्बन्धी कार्यदलको प्रतिवेदन पदाधिकारी बैठकमा पेश हुनेछ’ उपाध्यायले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो । विधानसम्बन्धी कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । स्थानीय तहको सम्मेलन विषयमा कार्यविधि बनाउन कार्यदलमा महासचिव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने