तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
सारांश
- मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
- सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन ।
- ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।
१४ कात्तिक, काठमाडौं ।
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक यसअघि सुक्खा पहिरो जाँदा लगातार तीन दिनसम्म सवारी आवागमन बन्द भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया