२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २३, २०८१
|
|
१७ पटक हेरिएको
Shares
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार

सारांश

  • साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २५ अंकले घटेको छ ।
  • २७३२ बिन्दुबाट सुरु भएको कारोबार आज उच्च अंक २७७० सम्म पुगेको थियो ।
  • त्यसपछि उतारचढाव हुँदै २७०१.

 

२३ भदौ, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २५ अंकले घटेको छ ।

२७३२ बिन्दुबाट सुरु भएको कारोबार आज उच्च अंक २७७० सम्म पुगेको थियो । त्यसपछि उतारचढाव हुँदै २७०१.९० बिन्दुमा आएर कारोबार बन्द भएको छ । आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकमका हिसाबले सीईडीबी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ४२ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार लघुवित्त उपसमूहको सूचक १.२१ प्रतिशत, उत्पादनको ०.५० र सामूहिक लगानी कोष उपसमूहको सूचक ०.२२ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?