काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

सारांश

  • नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।
  • नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ।
  • नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

काठमाडौं ।

नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ। नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ। टोलीकी कप्तान इन्दु वर्माले घरेलु मैदानको फाइदा उठाउँदै सुधारिएको ब्याटिङ, फिल्डिङ र टोली समन्वयका आधारमा कम्तीमा सुपर सिक्स चरणसम्म पुग्ने लक्ष्य रहेको बताइन्। १० देशको सहभागिता प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्याण्ड गरी १० देश सहभागी छन्। कार्यक्रममा सहभागी अन्य टोलीका कप्तानहरूले पनि नेपाली पिच र मैदान चुनौतीपूर्ण तर प्रतिस्पर्धात्मक रहेको प्रतिक्रिया दिएका छन्। नामेबिया र अमेरिकाका कप्तानले अभ्यास खेलले प्रतियोगिताका लागि आफूहरूलाई राम्रो तयारी गराउने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए
सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार