जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
४३७ पटक हेरिएको
Shares
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

सारांश

  • जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् ।
  • पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
  • साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो ।

५ साउन, जनकपुरधाम ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका हुन् ।

पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ । यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर ! उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’ उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् । साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् । जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
झ्याप्ले खोलामा भेटियो थप ३ शव
झ्याप्ले खोलामा भेटियो थप ३ शव
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग,  सिट घटाउने निर्णयप्रति आक्रोश
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश