जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
९८९ पटक हेरिएको
Shares
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

सारांश

  • जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् ।
  • पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
  • साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो ।

 

५ साउन, जनकपुरधाम ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका हुन् ।

पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ । यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर ! उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’ उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् । साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् । जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन