अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
३६५ पटक हेरिएको
Shares
अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

सारांश

  • सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ।
  •   सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यसबारे जानकारी गराइएको छ।
  • सरकार समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको छ।

२८ वैशाख, काठमाडौं ।

सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ।  सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यसबारे जानकारी गराइएको छ।

सरकार समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको छ। यस्तै सरकारले आधुनिक प्रविधिबाट भूमिको नापनक्सा गरी अभिलेख राख्ने भएको छ। विशिष्टिकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तीलाई कृषि उद्यममा आकर्षित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।  न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गर्ने जनाएको छ। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
नागरिकता विधेयकमाथि दफावार छलफल सुरु
नागरिकता विधेयकमाथि दफावार छलफल सुरु
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
आइपिएलमा आज पञ्जाव र कोलकोता भिड्दै
आइपिएलमा आज पञ्जाव र कोलकोता भिड्दै
अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन
अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा