पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क। 

सारांश

  • काठमाडौँ।
  • वैशाख २५ पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.

पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क।

काठमाडौँ। वैशाख २५

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताउनु भयो।

https://press4k.com/

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्य एउटा मात्र सञ्चालनमा रहेका छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने जनाएको हो ।

https://press4k.com/

अहिले सञ्चालनमा रहेको एक विद्युतीय शव दाह गृह र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण पछि जम्मा ५ वटा विद्युतीय शव दाह गृह हुने छ । यी विद्युतीय शव दाह गृह निर्माणको काम सकिएसँगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरूको निःशुल्क शवहरूको दाहसंस्कार गर्ने तयारी गरेको बताइएको छ । अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
आपूर्ति सहज बनाउन ग्याँस उद्योगलाई आयल निगमको निर्देशन
आपूर्ति सहज बनाउन ग्याँस उद्योगलाई आयल निगमको निर्देशन
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ