‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’

सारांश

  • कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी अझै नियन्त्रणमा आएको छैन ।
  • कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ ।
  • त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ ।

१५ चैत, काठमाडौं ।

कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी अझै नियन्त्रणमा आएको छैन । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ । स्टोरमा प्राय: गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले जानकारी दिइन् ।

‘उक्त भवनमा २५ टन तेल छ । आगो सल्किएमा जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ’, यादवले अनलाइनखबरसँग भनिन्, ‘आगो निभाउन कतैबाट पनि अहिलेसम्म पहल भएको छैन ।’ दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका आधा दर्जन गाडी जलाएका छन् । ‘हामी अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका थियौं । अचानक बाहिरबाट ढुंगामुढा गर्न थाले’, यादवले भनिन्, ‘भवनको सिसा फुटाउन थालेपछि ज्यान जोगाउन पछाडिको बाटो भएर भाग्यौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प