घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने

सारांश

  • सोमबार पार्टी केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् ।
  • पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन् ।
  • उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका हुन् ।

१८ चैत,  काठमाडौं- 

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् । पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन् । उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका हुन् । उनले पार्टी काममा फर्किने क्रममा केन्द्रीय कार्यालयमा रहेको घण्टी बजाए।

उनी कार्यालय आउने भएपछि सयौँ युट्युबर र पत्रकारको पनि भिड लागेको थियो । त्यतिकै संख्यामा कार्यकर्ता पनि सहभागी थिए । उनले कार्यालयमा सरकार नैतिक रुपमा असफल भइसकेको बताए । ‘सरकार कुन नैतिकताको आधारमा बसेको छ ? मलाई थाहा छैन । सरकारको औचित्यता समाप्त भइसकेको छ’, उनले भने, ‘संसद्बाट बलियो सरकार बन्ने बाटो पनि दुई ठूला दल मिलेर बन्द गरिदिए । लोकतन्त्र बचाउन, संविधान बचाउन होईन, एकअर्काका भ्रष्टाचारी बचाउन सरकार बनाए ।’ उनलाई गत कात्तिक २ गते सहकारी ठगी

प्रकरणमा पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिएको थियो । रविलाई काठमाडौं, कास्की, रुपन्देही र चितवनका विभिन्न सहकारीको बचत ठगीमा मुद्दा चलाइएको थियो । ती सबै अदालतले करोडसम्मको धरौटी लिएर उनलाई रिहा गरिदिएका थिए । सुरूमा उनलाई जिल्ला अदालत कास्कीबाट जारी पक्राउ पुर्जीका आधारमा समातिएको थियो । लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती