बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नबित्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
  • जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
  • मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

२० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नबित्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उनको विभाग पछि तोकिने छ । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् । उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् ।

विनाविभागीय मन्त्रीमा शपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुङ्गो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको बताइन् । आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४,  एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत