नक्कली सुन देखाएर ३२ लाख ठगी, समातिए ३ अभियुक्त
सारांश
- नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका तीन जना सदस्यलाई काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा ताप्लेजुङ फाकुम्बाका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्गका ३६ वर्षीय विजय तामाङ र ताप्लेजुङ मिरिङदुयानका ४४ वर्षीय बिरेन लिम्बु छन्।
- उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्का देखाई ‘सस्तोमा सुन दिन्छौं’ भन्दै विश्वासमा पारेर ठगी गरेको भन्दै उजुरी परेको थियो ।

३१ असार, काठमाडौं ।
नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका तीन जना सदस्यलाई काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फाकुम्बाका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्गका ३६ वर्षीय विजय तामाङ र ताप्लेजुङ मिरिङदुयानका ४४ वर्षीय बिरेन लिम्बु छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्का देखाई ‘सस्तोमा सुन दिन्छौं’ भन्दै विश्वासमा पारेर ठगी गरेको भन्दै उजुरी परेको थियो ।

उनका अनुसार, यो गिरोहले ललितपुरका खोकनाका ४४ वर्षीय आशारत्न डंगोल २५ लाख रुपैयाँ र भक्तपुर सूर्यविनायक–४ का ३० वर्षीय रामचन्द्र गहतराजको ७ लाख रुपैयाँ ठगी गरेको थियो । प्रहरीले पक्राउ पर्नेहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातुको एक थान ढिक्का, फलामको ह्याम्बर, चार पाटा ढिक्का र आधा भाग भाँचिएको चक्कु समेत बरामद गरेको जनाएको छ । थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया