स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला

सारांश

  • स्याङ्जाको एउटै समूहले यसवर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ ।
  • स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो।
  • विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए ।

१ पुस, स्याङ्जा ।

स्याङ्जाको एउटै समूहले यसवर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो। विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए ।

अर्बकुना सुन्तला समूहमा हाल ३१ सुन्तलाखेती गर्ने किसान आबद्ध छन्। ‘समूहमा आबद्ध हुनुभएका सबै किसानले न्यूनतम रु एक लाखदेखि अधिकतम रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ’, उनले भने, ‘केही मात्रामा कोदो, मकै हुने जमिनबाट अहिले प्रत्येक घरले नगदेबालीका रूपमा सुन्तलाखेती गरेसँगै राम्रो आम्दानी हुने गरेको छ।’ पछिल्लो समय गाउँमा रहेका सबै घरलाई समूहमा आबद्ध गराएर एकापसमा मिलेर सुन्तलाखेतीलाई विस्तार गर्दै गएकाले आगामी वर्षहरूमा सुन्तलाको उत्पादन र आम्दानी वृद्धि हुने दाबी अध्यक्ष सेनको छ। ‘पुराना बोटबाट सुन्तला उत्पादन भइरहेको छ, नयाँ बोट थप्ने क्रम निरन्तर रूपमा चलिरहेको छ’, उनले भने, ‘आगामी वर्षमा मात्रै यस समूहबाट रु एक करोड बढीको सुन्तला बिक्री गर्छौँ, त्यसपछिका वर्षहरूमा त झनै वृद्धि हुँदै जान्छ।’

यहाँ उत्पादन भएको सुन्तला किसान स्वयं वा समूहमार्फत पनि बिक्री गर्ने गरिएको छ । यहाँका किसानले सुन्तला खरिदका लागि आएका स्थानीय व्यापारीलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन्भने केही किसानले फुटकर रूपमा बिक्री गरेका हुन् । किसानले बोटमा भएको उत्पादनका आधारमा व्यापारीसित बोलकबोल गरेर मूल्य निर्धारण गर्छन् । केही किसानले प्रतिकेजी रु ६०–७० का दरले व्यापारीलाई सुन्तला बिक्री गरेका हुन्। यहाँ उत्पादन भएको सुन्तला र त्यसको आम्दानीको हिसाबकिताब समयसमयमा समूहमार्फत हुने गरेको छ। सामूहिक रूपमा बैठक बसेर बजारीकरण, मूल्य निर्धारण, आइपरेका समस्या र त्यसको समाधानका विषयमा छलफल गरी समाधान निकाल्ने गरिएको उनले बताए ।

स्वादिष्ट सुन्तला उत्पादनका दृष्टिले स्याङ्जाको पहिचान छुट्टै किसिमको रहेको छ। जिल्लामा सुन्तला उत्पादनको सम्भावना र यसको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ। विसं २०७३÷७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तलाको बगैँचा विस्तारले तीव्रता पाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)
एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य