रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
२२ पटक हेरिएको
Shares
रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु

सारांश

  • रौतहटको मौलापुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
  • आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो ।
  • आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

३१ असार, काठमाडौं ।

रौतहटको मौलापुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो ।

आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा मृत्यु भएको हो । केही दिनयता रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने
छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने
महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने
महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन