सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित

सारांश

  • हङकङविरुद्धको फ्रेण्डसीप कप क्रिकेटमा नेपाल पराजित भएको छ।
  • हङकङस्थित मिसन रोड ग्राउन्डमा शनिबार भएको टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको हो।
  • २१३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.

२६ फागुन, काठमाडौं । हङकङविरुद्धको फ्रेण्डसीप कप क्रिकेटमा नेपाल पराजित भएको छ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा शनिबार भएको टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको हो। २१३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.४ ओभरमा १३९ रन बनाएर अलआउट भयो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। आरिफ शेखले ३८ र कप्तान रोहित कुमार पौडेले ३०, रन बनाए। नेपालका अन्य ६ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

हङकङका लागि ऐजाज खानले चार विकेट तथा एहेसान खानले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङका लागि बाबर हायातले शतकीय पारी खेले । बाबरले ४९ बलमा ११० रन बनाए। उनले ४६ बलमा ३ चौका र १२ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यो उनको टी–२० मा दोस्रो शतक हो । उनलाई अन्तिम ओभरमा आकाशले आउट गरे ।

अन्शुमन रथले ३९ र मार्टिन कोत्एजीले ३१ रन बनाए। नेपालका लागि डेब्यू गरेका आकाश चन्दले ३ विकेट लिए। आरिफ शेख, प्रतिश जीसी र राशिद खानले १–१ विकेट लिए। अब मार्च १० देखि १३ सम्म हुने नेपाल, हङकङ र पीएनजीबीच टी–२० त्रिदेशीय सिरिज हुनेछ। आइतबार पहिलो खेलमा नेपाल र हङकङ आमने सामने हुनेछन्।

मार्च १२ मा पीएनजीले एकै दिन हङकङ र नेपालसँग प्रतिस्पर्धा गर्नेछ। सिरिजको फाइनल भने मार्च १३ मा हुनेछ। लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले फाइनल खेल्दा तेस्रो हुने टोलीले भने हङकङ ए सँग टी–२० खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
अर्को उद्धार टोली लिएर काठमाडौँ आइपुग्यो दक्षिण कोरियाली सैन्य विमान
अर्को उद्धार टोली लिएर काठमाडौँ आइपुग्यो दक्षिण कोरियाली सैन्य विमान
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
माओवादीको सचिवालय बैठक सुरु
माओवादीको सचिवालय बैठक सुरु
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता