Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
४६ पटक हेरिएको
Shares
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

सारांश

  • अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
  • उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।
  • प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकोमा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए ।

 

२६ पुस,  पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकोमा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौं उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।  कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरोले ५४ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट ४३ करोड ५ लाख ४२ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । उनीहरूबाट कुल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
दाउरा टिप्न गएकी नौ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृ*त्यु
दाउरा टिप्न गएकी नौ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृ*त्यु
बहुविवाह मुद्दामा प्रहरीका डीएसपी मधु नेपाल पक्राउ
बहुविवाह मुद्दामा प्रहरीका डीएसपी मधु नेपाल पक्राउ
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य