इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

सारांश

  •   भारतले इंग्ल्यान्डसँगको पाँच टेस्ट म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ।
  • दोस्रो टेस्टमा भारतले ३३६ रनको सानदार जित निकाल्दै सिरिज बराबरी गरेको हो।
  • आइतबार पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ६०८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो।

२३ असार, काठमाडौं । 

भारतले इंग्ल्यान्डसँगको पाँच टेस्ट म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा भारतले ३३६ रनको सानदार जित निकाल्दै सिरिज बराबरी गरेको हो। आइतबार पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ६०८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो। घरेलु टोलीले खेल बराबरीमा टुङ्ग्याउने रणनीति अपनाए पनि त्यो सफल हुन सकेन। भारतीय बलरहरूको उत्कृष्ट प्रदर्शनका सामु इंग्ल्यान्ड दोस्रो इनिङमा २७१ रनमा अलआउट भयो।

अन्तिम दिनको खेलमा इंग्ल्यान्डले ३ विकेटको नोक्सानीमा ७२ रनबाट ब्याटिङ सुरु गरेको थियो। भारतीय सिमर आकाश दीपले तेस्रो ओभरमै ओली पोपलाई र ह्यारी ब्रुकलाई २३ रनमा आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा ल्याए। लञ्चअघि अन्तिम ओभरमा बेन स्टोक्स पनि आउट भएपछि इंग्ल्यान्ड थप संकटमा पर्यो।त्यसपछि विकेटकिपर जेमी स्मिथले  पहिलो इनिङमा अविजित १८४ रन र दोस्रो इनिङमा पनि ८८ रनको महत्त्वपूर्ण योगदान दिए। यद्यपि उनको जुझारु प्रदर्शनले पनि टोलीलाई हारबाट जोगाउन सकेन।

भारतका लागि आकाश दीपले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ब्राइडन कार्सलाई आउट गर्दै ६-९९ को प्रदर्शनसहित खेलमा १० विकेट लिए। यो उनको आठौं टेस्टमा पहिलोपटक हासिल गरेको ५ विकेटको सफलता थियो। पहिलो टेस्टमा इंग्ल्यान्डको प्रभावशाली जितपछि भारतको सम्भावनाबारे शंका गरिएको थियो। तर, दोस्रो टेस्टमा कप्तान शुभमन गिलको दोहोरो शतकले भारतलाई बलियो स्थितिमा पुर्यायो। भारतले पहिलो इनिङमा ६ विकेटको नोक्सानीमा ४२७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डले भने पहिलो इनिङमा ४०७ रन बनाएको थियो। अब तेस्रो टेस्ट बिहीबार लर्ड्समा सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज हरितालिका तीज पर्व मनाइँदै
आज हरितालिका तीज पर्व मनाइँदै
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग