Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने

सारांश

  • बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ ।
  • प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् ।
  • बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए ।

१३ चैत, हेटौंडा ।

बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् । बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौ अधिवेशनको सातौं बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेश गरी पारित गर्नुपर्ने भएकाले प्रदेश सभा बैठक आव्हान गरिएको उनले बताए । यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, माघ २४ मा १ र माघ २६ मा २ वटा बैठकहरु संचालन भएका थिए ।

सो पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि आह्वान गरिएको हो ।
गत माघ २६ गते बसेको प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो । प्रदेशसभाकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेशसभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुनेछ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधन सहित प्रतिवेदन पेश हुने कार्यसूचि रहेको उहाँको भनाई छ । प्रदेश सभा बैठक आव्हान भएसँगै संसदीय समितिको बैठक बसेत बोलाइएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ । उक्त बैठकले प्रदेश सभामा पेश हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्
प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्
भारतले जित्यो यु १९ विश्वकपको उपाधि
भारतले जित्यो यु १९ विश्वकपको उपाधि
वर्ल्डलिंकद्वारा मधेश प्रदेशभर ४५ दिने वृक्षारोपण अभियान सुरु
वर्ल्डलिंकद्वारा मधेश प्रदेशभर ४५ दिने वृक्षारोपण अभियान सुरु
आजको फलफूल तथा तरकारीको मूल्यसूची
आजको फलफूल तथा तरकारीको मूल्यसूची
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ