आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ९, २०८०
|
|
५० पटक हेरिएको
Shares
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

सारांश

  • काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ ।
  • महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
  • महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए।

०९ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ ।

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए। महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला
हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो
हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...