अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

सारांश

  • श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्।
  • निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ ।
  • नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।

२२ जेठ, काठमाडौं ।

श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।

मापदण्डमा समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन्।

यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक ३५ अङ्कले घट्यो, ८ अर्बको कारोबार
नेप्से परिसूचक ३५ अङ्कले घट्यो, ८ अर्बको कारोबार
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी
कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु