कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन

सारांश

  • टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरलेपहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो।
  • उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।
  • ३.

 

३० मंसिर, काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा १ विकेटको क्षतिमा ५० रन जोडेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरलेपहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो।

उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको हो।  उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। यसैबीच सुदूरपश्चिमको तेस्रो विकेट पनि पतन भएको छ। विनोद भण्डारी १४ रन र ब्रान्डन म्यामुलेनल २३ रन बनाएर पेभेलियन फर्किएका छन्। कप्तान कुशल भुर्तेलले उनीहरूको विकेट लिएका हुन्।  आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको थियो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?