देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार

सारांश

  •   यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्।
  •   नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे।
  • उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन्।

२९ भदौ, काठमाडौं । 

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे।

उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन्। कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे। कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे।

१३९ थुनुवा फर्किए, दुई हजार १०० फरार
सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन्।  फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
लुटपाट गर्न खोज्ने गिरोहका २ जना पक्राउ
लुटपाट गर्न खोज्ने गिरोहका २ जना पक्राउ
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली
महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली