गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ३, २०८१
|
|
५६ पटक हेरिएको
Shares
गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ पुगेका छन् ।
  • तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका हुन् ।
  •   राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

३ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ पुगेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका हुन् ।  राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने गौतमले बताए । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको थियो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण गरिएको हो ।

हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरु भएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
दक्षिण अफ्रिकालाई हराउँदै  न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु