विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा,ज्ञान र चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
  • गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशले जनकपुरधाममा  आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तक्र्रियामा मुख्यमन्त्री सिंहले युवा र बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक रहेको बताउनुभयो ।
  • त्यसका लागि विद्यालयस्तरबाट नै शिक्ष्ष तथा ज्ञानबारे जानकारी दिन आवश्यक रहेकामा उहाँको जोड थियो ।

४ असार, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा,ज्ञान र चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशले जनकपुरधाममा  आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तक्र्रियामा मुख्यमन्त्री सिंहले युवा र बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विद्यालयस्तरबाट नै शिक्ष्ष तथा ज्ञानबारे जानकारी दिन आवश्यक रहेकामा उहाँको जोड थियो । “मैले यस्ता धेरै तालिम देखेको छु तर त्यहाँ युवा तथा बालबालिकाको धेरै उपस्थिति पाइनँ । विद्यालयस्तरका बालबालिका तथा युवाले भोलिको भविष्य निर्धारण गर्ने हुँदा यस्ता तालिममा उहाँहरूको सहभागिता हुन आवश्यक छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

आफू गाउँपालिका अध्यक्ष हुँदाको अनुभव सुनाउँदै उहाँले विगतमा गैरसरकारी सङ्घसंस्थाको भरमा विपद् व्यवस्थापन प्रतिकार्य कार्यक्रम हुँदैआएको पाइएकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाफर्त गैरसरकारी संस्थासहितको सहकार्यमा विपद् व्यवस्थापन गर्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “आउनुस् हातेमाले गरेर मधेसमा काम गरौँ, तपाईँहरूसँग सहकार्य गर्न मधेस प्रदेश तयार छ । मधेस प्रदेशमा भइरहेका विपद् जोखिम न्यूनीकरण गद पीडितहरूलाई मिलेर सहयोग गरौँ ।”

तराई मधेसमा जाडोमा शीतलहर र अत्यधिक जाडो, गर्मीमा ‘लु’ रोग तथा आगलागी र बर्सातमा चट्याङ तथा बढीजस्ता समस्याले सधैँभरि सताइरहेको बताउनुहुँदै यस्ता विपद्लाई न्यूनीकरण गर्न सङ्घबाट बाझिएको कानुनलाई फुकाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहले जिकिर गर्नुभयो ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राविधिक व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणमा प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रदेशमा हुने विपद् व्यवस्थापन कार्यमा सहकार्यका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज
आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना