मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३९ पटक हेरिएको
Shares
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

सारांश

  • लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ ।
  • सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्यॉटे–रॉके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ ।
  • बिब्ल्यॉटेबाट पुवाखोला–साखेजुङ–रॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ ।

२१ असोज, इलाम ।

लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ । सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्यॉटे–रॉके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ । बिब्ल्यॉटेबाट पुवाखोला–साखेजुङ–रॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ ।

रॉकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध छैन । तर, मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ । बुधबार सम्म उक्त खण्ड खुल्न सक्ने अनुमान गरिएको छ । यता, माईखोला (राजदुवाली) सडक खण्डको अवरोध हटाउन समय लाग्ने देखिएको छ । सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका उपकरणहरुले पहिरो हटाउने कार्य गरिरहेको र यथासक्य चाँडो राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध छ । झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभएपनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन् । मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
सिरहाको गोलबजारमा युवकको शव फेला
सिरहाको गोलबजारमा युवकको शव फेला
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा