मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
३० पटक हेरिएको
Shares
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै

सारांश

  • पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि वर्तमान सरकारका दुई मन्त्री आज इलाम जाने तयारीमा छन्।
  • मौसम अनुकूल भएमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ओम प्रकाश अर्याल इलाम प्रस्थान गर्ने भएका हुन्।
  • काठमाडौँबाट झापाको भद्रपुरसम्म नियमित हवाई उडानमार्फत पुगेर त्यहाँबाट हेलिकप्टरद्वारा इलाम पुग्ने तयारी गरिएको छ।

२० असोज, काठमाडौँ ।

पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि वर्तमान सरकारका दुई मन्त्री आज इलाम जाने तयारीमा छन्। मौसम अनुकूल भएमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ओम प्रकाश अर्याल इलाम प्रस्थान गर्ने भएका हुन्।

काठमाडौँबाट झापाको भद्रपुरसम्म नियमित हवाई उडानमार्फत पुगेर त्यहाँबाट हेलिकप्टरद्वारा इलाम पुग्ने तयारी गरिएको छ। असोज १८ गतेको भीषण वर्षाका कारण इलाममा अहिलेसम्म ३७ जनाको मृत्यु भइसकेको छ। दर्जनौँ व्यक्ति घाइते तथा बेपत्ता छन्। त्यस्तै, राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरू समेत क्षतविक्षत भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?