चितवन निकुञ्ज घुम्न अनलाइनबाटै टिकट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
८८ पटक हेरिएको
Shares
चितवन निकुञ्ज घुम्न अनलाइनबाटै टिकट

सारांश

  • पर्यटकहरूको अनलाइन टिकट काट्ने भन्दै प्रकृया सुरु गरेको झण्डैं ३ बर्ष पछि चितवन राष्ट्रिय निकुञ्जले अनलाइन टिकट काट्ने काम आजदेखि सुरु गरेको छ ।
  • निकुञ्जले ट्रायलका रुपमा सौराहा पोष्टबाट पर्यटकहरूको अनलाइन टिकट काट्ने व्यवस्था आजदेखि मिलाएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
  • वन्यजन्तु वन्यजन्तु अवलोकनका लागि सबैभन्दा धेरै पर्यटक जाने चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन नहुँदा होटल तथा पर्यटन व्यवसायीहरूसमेत आजित बनेका थिए ।

२९, असोज, चितवन । पर्यटकहरूको अनलाइन टिकट काट्ने भन्दै प्रकृया सुरु गरेको झण्डैं ३ बर्ष पछि चितवन राष्ट्रिय निकुञ्जले अनलाइन टिकट काट्ने काम आजदेखि सुरु गरेको छ । निकुञ्जले ट्रायलका रुपमा सौराहा पोष्टबाट पर्यटकहरूको अनलाइन टिकट काट्ने व्यवस्था आजदेखि मिलाएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

वन्यजन्तु वन्यजन्तु अवलोकनका लागि सबैभन्दा धेरै पर्यटक जाने चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन नहुँदा होटल तथा पर्यटन व्यवसायीहरूसमेत आजित बनेका थिए । पर्यटकहरू भौतिक रुपमा नै उपस्थित भएर नगद लगेर मात्रै टिकट लिनुपर्ने अवस्था रहेको थियो ।निकुञ्ज प्रवेश गर्ने विभिन्न १२ वटा नाकाहरू मध्ये सबैभन्दा धेरै पर्यटक जाने सौराहा क्षेत्रबाट अनलाइन टिकटको काम सुरु गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जाले जानकारी दिए । ‘हाम्रोमा धेरै आइटमहरू छन्, अघिल्लो कार्यकालमा म हुँदा नै अनलाइन टिकटमा जाने भनेर तयारी पनि गरिएको थियो, तर निकै ढिला भयो,’ प्रमुख वरिष्ठ संरक्षण अधिकृत पुर्जाले भने, ‘अहिले सौराहा क्षेत्रबाट परीक्षण सुरु गरेका छौं, यसको अवस्था हेरेर अन्य निकुञ्ज प्रवेश गर्ने नाकाहरूमा समेत अनलाइन टिकट काट्ने व्यवस्था गरिनेछ ।’

सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा माडी, कुजौली नवलपरासी र अमलटारीबाट पर्यटकहरूलाई निकुञ्ज प्रवेश गर्न दिइन्छ । निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्ज प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटक मध्ये सबैभन्दा धेरै झण्डै ८० प्रतिशतभन्दा बढी पर्यटक सौराहाबाट नै आउने भएकाले सौराहालाई केन्द्रित गरेर अनलाइन भुक्तानी प्रणाली जडान गरिएको बताए ।

अनलाइन टिकट कसरी काट्ने भन्नेबारे पर्यटन व्यवसायीहरूलाई पनि तालिम दिने तथा विभिन्न भिडियो सामाग्रीहरू तयार गर्ने उनले जानकारी दिए । सौराहा पोष्टमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्दा सौराहाबाट निकुञ्ज जाने पर्यटकलाई धेरै सहज हुने पार्क सफारी होटलका सञ्चालक महेश खनालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका जीवजन्तु, चरा तथा जैविक विविधता देख्न सकिन्छ । निकुञ्ज प्रवेश गर्न नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ। पर्यटक बोक्ने जीपले एकपटक प्रवेश गरेको ५ हजार रुपैयाँ बुझाउनुपर्दछ ।
निकुञ्जमा दैनिक ६० वटा जिपले पर्यटकलाई घुमाउन लैजान पाउँछन् । बिहान ३० र दिउँसो ३० वटा जिपलाई मात्रै निकुञ्ज घुम्ने अनुमति दिने गरिएको छ ।

अनलाइन टिकटमा जाँदा निकुञ्जको सूचना विश्वभर पुग्ने, पर्यटकको बसाइ लम्बाउन सहज हुने, अझै बढी प्रचारप्रसार हुने, निकुञ्जमा भ्रमण गर्ने हरेक पर्यटकको तथ्यांक उपलब्ध हुने, जहाँ बसेर पनि काट्न सकिने, निकुञ्जमा हुने भिडभाड कम हुने र समय मिलाउन सहज हुने निकुञ्जका एक पूर्व संरक्षण अधिकृतले बताए ।

हातले लेखेर टिकट काट्दा जनशक्ति पनि धेरै खर्च हुने र पर्यटकहरूलाई पनि सास्ती भएकोले अनलाइनबाट जहाँ बसेर पनि टिकट काट्न पाउने सुविधाले सहजता ल्याउने विश्वास निकुञ्जले लिएको प्रमुख बरिष्ठ संरक्षण अधिकृत पुर्जाले बताए । होटल तथा पर्यटन व्यवसायीहरू नगद नै बोकेर विहानै टिकटका लागि पोष्टमा जानुपर्ने बाध्यता अब कम हुने उनले बताए ।

पर्यटकले आफैं टिकट काट्न आवश्यक विवरण भर्न र राजस्वसमेत अनलाइनबाटै बुझाउन सक्ने सुविधा रहेको निकुञ्जले जनाएको छ । पर्यटकको सबै विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड सिर्जना हुने र त्यही कोड देखाएर निकुञ्ज प्रवेश गर्न पाइने निकुञ्जले जनाएको छ । टिकट भने एक दिनका लागि मात्रै हुनेछ ।

राष्ट्रिय निकुञ्जहरूमध्ये ई–टिकटिङ सेवा सुरु गर्ने चितवन दोस्रो निकुञ्ज हो। यसअघि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो सेवा सुरु भइसकेको छ। हाल देशभर १२ वटा निकुञ्ज, १ आरक्ष, १ शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र छन् ।

चितवन निकुञ्जबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा निकुञ्ज घुम्ने पर्यटकको संख्या २ लाख ७२ हजार ९२३ पुगेको थियो । ति मध्ये दुई लाख ३७ हजार २५ जना सौराहा नाका हुँदै निकुञ्ज प्रवेश गरेका थिए। निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष नेपाली १ लाख ६१ हजार ३७५, सार्क देशका २२ हजार ८ सय ८३ र तेस्रो देशका ८८ हजार ६ सय ६५ पर्यटकहरूले गत आर्थिक बर्षमा निकुञ्ज घुमेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
समयमै उद्धार नहुँदा घाइते देखिएको चितुवाको मृत्यु
समयमै उद्धार नहुँदा घाइते देखिएको चितुवाको मृत्यु
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...