गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् ।
  • मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो ।

 

१८ माघ, विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् ।

मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो । डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा-बुबासँगै मावलाघर विराटनगर आएकी थिइन् ।

चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमाबुबा भारत फर्केका थिए । तर, चाँदनी आमाबुबासँगै आफ्नो घर भारत नफर्किएपछि घटना शंकास्पद रहेको जानकारी उतैबाट प्रहरीलाई गरिएको थियो । सोही आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए । चाँदनीको शव गाडिएको अवस्थामा उनको हजुरबुबाको घरभन्दा करिब ३८ मिटर दक्षिण रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?