एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता

सारांश

  • सामाजिक सञ्जाल माध्यम एक्सले भारतका आठ हजार खाता बन्द गरेको बताएको छ ।
  • अप्रिल २२ मा भारतको कश्मीरमा २६ जना पर्यटकको हत्यापछि भारत–पाकिस्तान तनावको अवस्थामा छन् ।
  • सोही पृष्ठभूमिमा एक्सले भारत सरकारको आग्रहमा ती खाता बन्द गराएको बीबीसीले जनाएको छ ।

२६ वैशाख, काठमाडौं ।

सामाजिक सञ्जाल माध्यम एक्सले भारतका आठ हजार खाता बन्द गरेको बताएको छ । अप्रिल २२ मा भारतको कश्मीरमा २६ जना पर्यटकको हत्यापछि भारत–पाकिस्तान तनावको अवस्थामा छन् । सोही पृष्ठभूमिमा एक्सले भारत सरकारको आग्रहमा ती खाता बन्द गराएको बीबीसीले जनाएको छ । बन्द गरिएका सामाजिक सञ्जाल खातामा पाकिस्तानका टेलिभिजन च्यानल डन तथा जियो टिभीलगायत धेरै पाकिस्तानी पत्रकारको खाता रहेको बताइएको छ ।

“आदेश पालना गर्दै हामी ती खाता भारतमा मात्र रोक्नेछौँ । हामीले त्यो प्रक्रिया सुरु गरिसकेका छौँ । तर, हामी भारत सरकारको मागसँग सहमत छैनौँ,” एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा एक पोस्ट गर्दै भनेको छ । खाताहरू रोक्ने निर्णय सजिलो नभएको बताउँदै एक्सले यो सञ्जाल अन्य भारतीयका लागि पहुँचयोग्य बनाइराख्न आदेशको पालना गरिएको बतायो । साथै सरकारले रोक्न दिएको आदेश अनावश्यक र सेन्सरसिपको जस्तै भएको उसले बतायो । एलन मस्कको स्वामित्वमा रहेको यो प्लेटफर्मले सम्भावित सबै कानुनी विकल्प खोजिरहेको बताएको छ ।

एक्सले यसअघि नै भारत सरकारविरुद्ध अर्को अदालती मुद्दा लडिरहेको छ । प्रधानमन्त्री मोदी सरकारले कानुनको दुरुपयोग गरी सञ्जालका सामग्रीमा सेन्सरसिप गराएको आरोपसहित मुद्दा दायर गरिएको हो । यसैबीच, भारत सरकारप्रति आलोचनात्मक विचार राख्ने वेबसाइट द वायरले भारतको आईटी मन्त्रालयको आदेशमा इन्टरनेट सेवा प्रदायकले उनीहरूको वेबसाइट रोकेको दाबी गर्दै यसलाई खुल्ला सेन्सरसिप भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
राष्ट्रियसभाको बैठक  कार्तिक १४ मा बस्ने
राष्ट्रियसभाको बैठक कार्तिक १४ मा बस्ने
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो