लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?

सारांश

  • लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बसाउने तयारी थालेको छ ।
  • लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको थियो ।
  •   सो केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारी भइरहेको लोसपाका महासचिव डा.

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बसाउने तयारी थालेको छ । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको थियो ।

सो केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारी भइरहेको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । उनले भने, ‘केन्द्रीय समितिको पहिलो बैठक बसाउने तयारी भइरहेको छ, अहिले डेट फिक्स भएको छैन तर छठ पछि तुरुन्तै बस्न गरी गृहकार्य चलिरहेको छ ।’ केन्द्रीय समितिमा रहेकालाई विभागीय जिम्मेवारी दिनुको साथै भातृ सङ्गठन तथा विभिन्न समिति गठन गर्ने लगायतका काम सो बैठकबाट हुने उनले बताए । त्यस्तै, बैठकले केन्द्रीय समिति विस्तार पनि गर्ने बताइएको छ । ‘विधानअनुसार ४०१ सदस्यीय कार्य समिति हुनुपर्छ । हाल ३११ जनाको समिति बनाइएको छ । त्यसमा ९० जना थपेर त्यसलाई बैठकले पूर्णता दिन्छ’ महासचिव झाले भने ।

‘अहिले केन्द्रीय समितिमा केही महत्त्वपूर्ण नेताहरू पर्नुभएको छैन, केही कारणवश छुट्नु भएको छ, उहाँहरूलाई सहभागी गराएर पूर्णता दिने गृहकार्य सुरु भएको छ’ उनले भने, ‘केन्द्रीय समिति पूर्णता पाएपछि सङ्गठन निर्माणको कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने सोच बनेको छ ।’ वडा तहदेखि केन्द्रसम्म सङ्गठन विस्तारका कार्यक्रमहरू तय गरी अभियान नै सञ्चालन गर्ने गरी गृहकार्य सुरु भएको उनले बताए । वडा तहदेखि प्रदेशसम्म अधिवेशन गराएर पार्टीको महाधिवेशन समयमा सम्पन्न गर्ने गरी सो पार्टीमा छलफल सुरु भएको छ । लोसपामा हाल कार्यकारिणी समिति र केन्द्रीय समिति मात्र रहेको छ ।  त्यसबाहेक कुनै समिति बनेको छैन । युवा र विद्यार्थी सङ्गठनबाहेक अन्य भातृ सङ्गठन पनि बनेको छैन । भातृ सङ्गठन बनाउनका लागि पार्टीमा गृहकार्य चलिरहेको छ । पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरूसँग छलफल गरी भातृ सङ्गठन बनाउने गृहकार्य चलिरहेको लोसपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै
लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन
मेसीले फेरि गरे गोल, जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ ले विजयी
मेसीले फेरि गरे गोल, जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ ले विजयी
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन