मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२६६ पटक हेरिएको
Shares
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने

सारांश

  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा पालिकामा किसानको खेतसम्मै प्रत्यक्ष सेवा पुर्‍याउने गरी कृषिको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
  • कृषिमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर यो कार्यक्रम कार्यान्वयन गरिने बताएकी छन् ।
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कार्यक्रम लागू गर्न कम्तीमा १० वटा पालिका छनोट गर्न माग गरेकी छन् ।

९ साउन, काठमाडौं ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा पालिकामा किसानको खेतसम्मै प्रत्यक्ष सेवा पुर्‍याउने गरी कृषिको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषिमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर यो कार्यक्रम कार्यान्वयन गरिने बताएकी छन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कार्यक्रम लागू गर्न कम्तीमा १० वटा पालिका छनोट गर्न माग गरेकी छन् । उनले अब नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् ।

अनुसन्धानबाट प्राप्त नतिजा किसानको खेतसम्म पुर्‍याउन, कृषि उत्पादन बढाउन र किसानलाई आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी गराउन ती पालिकामा एकीकृत कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन् । छनोट हुने पालिकामा उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श र प्रविधि हस्तान्तरणलाई विशेष जोड दिइने उनको भनाइ छ । उनले प्राङ्गारिक (अर्गानिक) खेतीलाई प्राथमिकता दिँदै माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोतसाधनको उचित परिचालन र साझा योजनामार्फत अघि बढ्नुपर्ने उनको भनाइ छ । साथै, प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धतासमेत मन्त्री चौधरीले व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले बुझायो ५ बुँदे प्रस्ताव
भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले बुझायो ५ बुँदे प्रस्ताव
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा