महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा

सारांश

  • काँग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्न स्याङ्जा आउनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्लाका धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् ।
  • थापाले अजुनचौपारीमा रहेकोको देशकै पहिलो नवग्रह मन्दिर र आँधीखोला गाउँपालिकामा रहेको दक्षिण एशियाकै पहिलो होमस्टे सिरुवारीको भ्रमण गरेका हुन् ।
  • दक्षिण एसियाकै पहिलो होमस्टे गाउँका रुपमा परिचित सिरुबारी पुगेका थापाले गाउँको सफाइ, संस्कृति र समर्पण देखेर आफू प्रभावित भएको बताए ।

 

५ जेठ, स्याङ्जा ।

काँग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्न स्याङ्जा आउनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्लाका धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । थापाले अजुनचौपारीमा रहेकोको देशकै पहिलो नवग्रह मन्दिर र आँधीखोला गाउँपालिकामा रहेको दक्षिण एशियाकै पहिलो होमस्टे सिरुवारीको भ्रमण गरेका हुन् । दक्षिण एसियाकै पहिलो होमस्टे गाउँका रुपमा परिचित सिरुबारी पुगेका थापाले गाउँको सफाइ, संस्कृति र समर्पण देखेर आफू प्रभावित भएको बताए ।

सिरुबारी गाउँ पर्यटनको पाठशाला बनेकोमा खुशी व्यक्त गर्दै उहाँले गाउँ पर्यटनका नायक क्याप्टेन रुद्रमान गुरुङको योगदानको स्मरण गरेका थिए । भ्रमणका क्रममा सामुदायिक पर्यटनले गाउँमा ल्याएको परिवर्तनको प्रशंसा गर्दै थापाले सबैलाई एकपटक सिरुबारी घुम्न आव्हान गरेका छन् । मौलिकता, आतिथ्यता र अन्य सुविधा सबै पाइने सिरुबारीे होमस्टेको अनुभव लिन चाहने सबै नेपालीलाई एकपटक सिरुवारी आउन थापाले अनुरोध गरेका हन् । आफू दोस्रो पटक आएको बताउँदै उनले भने, सिरुबारीमा घुम्न आउने जोकोहीलाई पनि ठिक ठाउँमा आएको अनुभूति हुन्छ ।महामन्त्री थापाले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको समेत दर्शन एवं पूजाआजा गर्नुभएको छ ।

महामन्त्री थापाले नवग्रह मन्दिरसँगै रहेको षट्कोण शिवालयमा रहेका पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग र कोणमा रहेका गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्तिमा पूजापाठ गरेका थिए । थापाले षट्कोण शिवालयमा पूजापाठसँगै पञ्चकन्याको मन्दिरमा पुगेर पूजा गर्नु भएको थियो भने त्यो सँगै नवग्रहको नौघेरामा घुमेर बाहिर निस्केका थिए नवग्रहमन्दिर देशकै पहिलो र नयाँ धार्मिक पर्यटनको गन्तब्य भएको बताउँदै महामन्त्री थापाले यसको विकासमा आफूले सक्दो सहयोग गर्ने बताए । यसअघि नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई पुतलीबजारमा सम्बोधन गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए ।

आगामी निर्वाचनभन्दा पहिले नेपाली काँग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले काँग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे । “वर्तमान अवस्थामा नागरिकमा निराशा बढिरहेकाले दुई ठूला दलबीच सहमति भई सरकार गठन भएको छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार जनता केन्द्रित भई काम गरिरहेको छ ।” “पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ, धेरै पछाडि लैजानुहुँदैन”, उनले भने, “२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मंसिरमा पार्टीको अधिवेशन गर्नुको विकल्प छैन ।”कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर