Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

सारांश

  • जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
  • मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।
  •   प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

७ असार, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।  प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

हाल देशैभरि मनसुन सक्रिय रहेकाले वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो जस्ता विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारीको सुरक्षाका लागि यस्तो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। शुक्रबार बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निष्कर्षको आधारमा यो निर्णय गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कारोबारसँगै घट्यो सेयर बजार
कारोबारसँगै घट्यो सेयर बजार
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो
दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा