दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
८७ पटक हेरिएको
Shares
दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो

सारांश

  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा सोमबार दिउँसो १२ः१५ बजेको समयमा लेक खर्ककी ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
  • पहिरोले घर बगाउँदा बेपत्ता भएका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
  • गत शनिबार रातीको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कमा पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा सोमबार दिउँसो १२ः१५ बजेको समयमा लेक खर्ककी ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोले घर बगाउँदा बेपत्ता भएका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।गत शनिबार रातीको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो । आइतबार ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव निकालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ
सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा