Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
४० पटक हेरिएको
Shares
जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

सारांश

  • बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
  • भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लामा पनि महसुस भएको छ ।
  • पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ ।

 

११ पुस,  काठमाण्डौ – जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लामा पनि महसुस भएको छ । पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ । २०८० साल कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प जाँदा एक सय ६० जनाको ज्यान गएको थियो । गएको शनिवार बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ