मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न

सारांश

  • मलंगवा नगरपालिकाको १५औँ नगरसभा उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ।
  • नगर प्रमुख नागेन्द्र यादवको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा नगरपालिकाले हालसम्म गरेका कामको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको छ।
  • उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले नगरपालिकाका तर्फबाट सम्पन्न भएका गतिविधि, कार्यक्रम तथा योजनाको प्रगति विवरण प्रस्तुत गर्नुभयो।

मलंगवा, पुस ३० ।

मलंगवा नगरपालिकाको १५औँ नगरसभा उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ। नगर प्रमुख नागेन्द्र यादवको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा नगरपालिकाले हालसम्म गरेका कामको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको छ।

उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले नगरपालिकाका तर्फबाट सम्पन्न भएका गतिविधि, कार्यक्रम तथा योजनाको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा निरन्तर पहल गर्दै आएको छ।

नगर प्रमुख नागेन्द्र यादवले नगरलाई स्वास्थ्य तथा समृद्ध बनाउने लक्ष्यसहित सबै वडामा डेंगु रोग नियन्त्रण कार्यक्रम, पोषण कार्यक्रम र परिवार नियोजनजस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। साथै, आगामी दिनमा स्वास्थ्य र सामाजिक क्षेत्रलाई थप प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।

नगरसभामा लेखा समिति कार्यविधि–२०८२ छलफलका लागि पेश गरिएको छ। यसैगरी नगरको नीति तथा कार्यक्रम नगर प्रमुख यादवले सभामा प्रस्तुत गर्नुभएको थियो।

उद्घाटन सत्रमा सहभागी वडाध्यक्षहरूले आफ्ना धारणा राख्दै पछिल्लो समय नगरपालिकाबाट सम्पादन भएका कार्यहरूको समीक्षा गरेका थिए। उनीहरूले आगामी दिनमा अझ समन्वयात्मक रूपमा सहकार्य गर्दै नगर विकासलाई अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

उद्घाटन कार्यक्रममा नगरकार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
अहिलेसम्म एकजनालाई पिटेको पनि छैन, हत्याको त कुरै छोडिदिनुहोस् : अध्यक्ष प्रचण्ड
अहिलेसम्म एकजनालाई पिटेको पनि छैन, हत्याको त कुरै छोडिदिनुहोस् : अध्यक्ष प्रचण्ड
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
जनकपुरमा पनि जेनजीको प्रदर्शन
जनकपुरमा पनि जेनजीको प्रदर्शन