टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ १०, २०८०
|
|
२५ पटक हेरिएको
Shares
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउँदा उपस्थित नभएपछि नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।
  • गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानमा नआएपछि उनीहरूलाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो ।
  • अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टाेलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

१० माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउँदा उपस्थित नभएपछि नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानमा नआएपछि उनीहरूलाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टाेलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ । दुवैजना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । २०८० असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न